१. भारतको ठुल्दाई प्रवृत्ति
धेरै नेपालीहरुको मन मस्तिस्कमा भारतले नेपालप्रति ठूल्दाई जस्ताे व्यवहार प्रदर्शन गरेको प्रष्ट छाप बसेको छ । भारतले नेपालमाथिको कूटनीतिक शक्तिको प्रयोग आफ्नो हितका लागि प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । हाल भइरहेको नाकाबन्दीले भारतप्रतिको नेपाली दृष्टिकोण झनै नकारात्मक बनेको छ र भारतविरोधी भावना फैलिदै गएको छ ।
२.असमान सन्धी
नेपाल र भारतबीच भएका सन्धीहरुको लामो सूची रहेको छ, जसलाई नेपाली जनताले असमान मान्छन् । १९५० को शान्ति तथा मैत्री सन्धीदेखि कोशी, गण्डकी र महाकाली सन्धीलगायतका सन्धी असमान रहेको नेपाली जनताको बुझाई छ । अधिकांश नेपालीहरु भारतका सर्तसामु नेपाली नेताहरु झुक्नुको परिणाम मान्छन् ।
३. सम्प्रभुताको सम्मान गरेन
अधिकांश नेपाली जनताहरु कुनै महत्वपूर्ण मुद्दामा भारतको भूमिका रहेको मान्छन्, चाहे नेपालको आन्तरिक मामला नै किन नहोस । नेपालको नयाँ संविधान लगभग ९० प्रतिशत जनप्रतिनिधिहरुको समर्थनमा बनेको हो । तर भारतले यसमा खुलेरै असहमति जनाएको छ । यसप्रति नेपाली जनता आक्रोशित बनेका छन् ।
४.सीमा क्षेत्रमा नेपालीको अपमान
कामको खोजीमा भारत जाने कामदारहरुले आफूहरुमाथि सीमा क्षेत्रमा अपमान भएको उजुरी गर्ने गरेका छन् । सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादतीको समाचारहरु आइरहेका हुन्छन् जसले नेपाली मनहरुलाई भारत विरोध भावना जागृत गराउँन झक्झक्याइरहन्छ । गत वर्ष नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थिति सुधार गर्ने वचन दिएका थिए तर समस्या जहाँको तही छ ।
५. सीमावर्ती इलाकाको अतिक्रमण
नेपाल–भारत सीमा क्षेत्रमा भारतले सीमा मिचेको विषय विवादको प्रमुख विषयमा पर्छ । यसले बेलाबेलामा तनाव उत्पन्न गरिरहन्छ । अहिले पनि नेपाल–भारत सीमामा समस्या कायम छ । यसले दुई देशको सम्बन्धमा समस्या खडा गरिरहेको छ । पछिल्लो समयमा नेपालको लिपुलेकलाई भारत र चीन रणनीतिक व्यापारिक नाका बनाउने सहमतिले नेपालीलाई थप चिढ्याएको छ ।
६. असंवेदनशील भारतीय मिडिया
भारतीय मिडिया र खासगरी टिभी समाचार च्यानल र नेपालमा सनसनी र अतिराष्ट्रवाद फैलाउने औजार मानिन्छ । धेरैजसो नेपाली जनता भारतीय मिडिया नेपालको चिन्ता र यससँग जोडिएको तथ्यहरुको कुनै परवाह नगरी र नेपालप्रति असंवेदनशील भएको मान्छन् ।
नेपालमा गत बैशाख १२ गते गएको विनासकारी भूकम्पपछि भारतीय मिडियाले असंवेदनशील भएर समाचार प्रशारण गरेपछि ‘भारतीय मिडिया घर फर्क’ अभियान नै चलेको थियो ।
७. मित्र–शत्रुजस्तो सम्बन्ध
नेपाल भारतको छिमेकी मात्रै नभएर यहाँ भारतका धेरै विषयहरु नक्कल गरिएका छन् । भारतीयहरु जसरी नेपालको पशुपति दर्शन गर्न आउँछन त्यसरी नै नेपालीहरु पनि भारतका विभिन्न तीर्थस्थलहरु घुम्न जाने गर्छन ।
त्यतिमात्रै होइन भारतीय फिल्म, खानासमेत नेपालमा चर्चित छन् । तर नेपालबारे भारतले ठेस पुर्याउने वित्तिकै नेपालीहरु त्यसलाई सहँदैनन् । सन् २००० मा बलिउड अभिनेता रितिक रोशनको एक भनाईले नेपालका विभिन्न स्थानमा दंगा भड्किएको थियो । त्यसकाण्डमा उनले स्पष्टिकरण नै दिएका थिए ।
८.नेपालमा चीनको असर
नेपालमा चिनियाँ चासो बढ्नेवित्तिकै भारतले नेपालप्रति अर्को चिन्ता व्यक्त गर्न थाल्दछ । नेपालीहरु भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मान्छन्, किनकी नेपाल र भारतको समाजबीच धेरै समानता छन् । तर भारतले नेपालमाथि बेलाबेलामा संकट पार्दै आएको छ । जबकी नेपालले दुई ठूला छिमेकीबीच सन्तुलनको सम्बन्ध कायम गर्दै आएको छ ।
साभार : पुर्वेली न्युज