12804377_1017882084926385_2140931420_n

अमर काफ्ले
इनरुवा फागुन २१/उपप्रधान तथा भौतिक योजना निर्माण मंत्री विजयकुमार गच्छदारले तराइ मधेशको आन्दोलनले समग्र मुलुकको अर्थ व्यवस्थानै डामाडोल हुँदा विकास निर्माणले गति लिन नसकेको बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवा पुग्नु भएका मंत्री गच्छदारले मधेश आन्दोलनताका अनाहकमा धेरैले ज्यान गुमाउनु परेको प्रशंग कोट्याउँदै आन्दोलन र नाकाबन्दीका कारण मुलुकले खवौंको क्षति वेहोरनु परेको बताएका हुन् ।

12784285_1017882124926381_781239935_n
मंत्री गच्छदारले ५ महिना बढी चलेको मधेश आन्दोलनले पछि पारेको मुलुकको अर्थतन्त्र र विकासको गति उकास्न सबै मिलेर बेलैदेखि पहलकदमी बढाउन आवश्यक रहेको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीको भवन शिलान्यासका लागि इनरुवा पुग्नु भएका गच्छदारले भवन शिलान्यास पश्चात बोल्दै इनरुवा अस्पताललाई आगामी आर्थिक वर्ष भित्र स्तरउन्तती गराइ छाड्ने प्रतिवद्धता समेत दोहोर्याए ।
गच्छदारकै पहलमा इनरुवा अस्पताललाई स्वास्थ्य मंत्री रामजनम चौधरीले अनुगमन गरी सुविधा सम्पन्न सहितको ५० शैया अस्पताल बनाउने घोषणा गरिसकेका छन् ।

12825457_1017882091593051_284297478_n
इनरुवा अस्पताल हातामा २ करोड ४० लाखको लागतमा निर्माण हुने तीन तले जनस्वास्थ्य कार्यालयको भवन २ वर्ष भित्रमा निर्माण पुरा गर्ने लक्ष लिएको जनस्वास्थ प्रमुख डिल्लीरमण अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया