congress-bandasatra

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको पहिलो दिनको बन्दसत्रमा सांगठनिक र आर्थिक सहित ३ प्रतिवेदन पेश भएका छन् । भृकुटीमण्डपमा  शुक्रबार सुरु भएको बन्दशत्र शनिबार बिहान नौ बजेदेखि सुरु हुने गरी स्थगित गरिएको छ । बन्दसत्रमा महेश आचार्यले कार्यवाहक सभापति रामचन्द्र पौडेलको तर्फबाट नीति तथा कार्यक्रम  पेस गरेका थिए।

बन्दसत्रमा महामन्त्री र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पनि  पेस भएको छ। प्रतिनिधिहरुले पेस गरिएका प्रतिवेदनहरुमाथि छलफल गर्नेछन्। महामन्त्री प्रकाशमान सिंहले महामन्त्रीको र चित्रलेखा यादवले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए।

तपाईको प्रतिक्रिया