petrol-pump

२२ फागुण, बिराटनगर ।(फाइल फोटो) क्षेत्रीय नापतौल तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले बिराटनगरका पेट्रोल पम्महरुमा अनुगमन गरेको छ ।

सो अनुगमनमा बिराटनगर १९ मा रहेको सुनसरी ट्रेडिङ सेन्टरमा पेट्रोलियम पदार्थमा ठगी गरेको पाईएपछि सो पम्म बन्द गर्न निर्देशन दिएको छ ।

सो पम्पमा बितरीत पाँच लिटर पेट्रोलमा २५ एमएल कमी रहेको पाइएको थियो ।

यस्तै बिराटनगर-१७ मा रहेको अमन आयल सेन्टर र बिराटनगर-१३ को अन्नपूर्ण सप्लायर्समा पनि अनुगमन गरिएको थियोे । पेट्रोलियम पदार्थमा कालोबजारी बढेको जनगुनासो आएपछि अनुगमन गरिएको थियो ।

तपाईको प्रतिक्रिया