क्षतीपुर्तिको मागगर्दै मृतकका आफन्तद्वारा सडक अबरुद्ध

accident-board_116618२३ फागुन पोखरा । आइतबार विहान कुस्मा नगरपालिका १ सह्श्रधारा स्थीत टिमुरेमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएका बागलुङ नगरपालिका ८ का ४० बर्षिय चन्द्रप्रसाद पौडेल शर्माका आफन्तले क्षतिपूर्तिको माग गर्दै बागलुङ पोखरा सडक खण्ड अबरुद्ध गरेका छन् ।

ज्यान गुमाएका शर्माको परिवारलाई क्षतीपूर्ति दिनुपर्ने र घाइतेको उपचार गर्नुपर्ने भन्दै आफन्तले सडकमा ठूलाठूला ढुंगा र मुडा राखेर सडक अबरुद्ध गरेका हुन् । बागलुङ पोखरा सडकखण्ड अबरुद्ध भएपछि जिल्ला भित्र र बाहिर चल्ने लामो तथा छोटो दुरिका सवारी साधनहरुको सडकमा लाम लागेको छ ।

विहान १० बजे भएको घटना भएको थियो । कुस्माबाट बागलुङ तर्फ जाँदै गरेको ग १ ख ४०९० नब्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ध १ प ३११७ नब्बर को माटर साईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार बागलुङ नगरपालिका ८ का ४० बर्षिय चन्द्रप्रसाद पौडेल शर्माको घटनास्थलमानै मृत्यु भएको र मोटसाइकलको पछाडी बसेकी पैयु थन्थाप ९ की २६ बर्षिय दुर्गा मल्ल गम्भीर घाइते भएकी हुन् । उनको उपचार पोखरामा भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया