dreams

 

२३ फागुन, काठमाण्डु। नेपाली चलचित्र क्षेत्रमा चकलेटी हिरोका रुपमा चिनिएका अनमोल केसीको फिल्म ‘ड्रिम्स’ ले दुई दिनमा डेढ करोड बढी कमाएको छ ।

भुवन केसी निर्देशक रहेको प्रेममा आधारित फिल्मले शुक्रबार देशभरका ८० हलमा रिलिज हुँदै करिब ७० लाख कमाएको थियो ।

त्यसैगरी शनिबार शुक्रबारभन्दा बढी करिब ९० लाख कमाइ गर्दै दुई दिनमा करिब १ करोड ६० लाख कमाइ गरेको हो ।

फिल्ममा अनमोलसँगै नवनायिकाको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया