२९ असोज इनरुवा/ वृहत मधेश संघर्ष समिति सुनसरीले आज इनरुवामा मोटरसाइकल र्याली निकालेको छ ।
दुई महिनायता दिनहुँजसो आन्दोलन गर्दै आएको मोर्चाले सुनसरी, मोरङ र झापालाई मधेश प्रदेशमा गाभिनुपर्ने माग राख्दै इनरुवामा मोटरसाइकल र्याली निकालेको हो । चाडबाडमा समेत आन्दोलन जारी राख्ने निर्णय गरेको मोर्चाले दिनहुँजसो विभिन्न खाले सरकार विरोधी प्रर्दशन गर्दै आएको छ । जिविस रोडबाट कालो झण्डा सहित सुरु भएको मोर्चाको मोटरसाइकल र्लाली इनरुवा नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । संविधान संसोधन सहित आफुहरुका माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने संर्घष समितिका सचिव मेहताले बताए ।

तपाईको प्रतिक्रिया