सिरहामा चट्याङ लागेर एकको मृत्यु प्रकाशित मिति: आइतबार, फाल्गुण २३, २०७२ समय: १४:२५:१० २३ फागुन, सिरहा । सिरहाको कर्जन्हा गाविस–३ मा चट्याङ लागेर एक वृद्धको आइतबार दिउँसो मृत्यु भएको छ । घरबाट मिर्चैया बजार गइरहेका मझौलिया गाविस–७ का ६५ वर्षीय हिरबा सदायको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।