CRICKET-ASIACUP-BAN-IND

२४ फागुण, ढाका । बंगलादेशलाई पराजित गर्दै भारतले एसियाकप क्रिकेटको उपाधी जितेको छ ।बंगलादेशको मीरपुरमा सम्पन्न फाइनलमा भारतले आयोजक राष्ट्र बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित १५ ओभरमा १२० रन बनाएपछि भारतले १२१ रनको लक्ष्य पाएको थियो ।वर्षाका कारण खेल १५–१५ ओभरमा छोट्याइएको थियो । भारतका लागि शिखर धवनले सर्वाधिक ६०, विराट कोहलीले ४१ रनको योगदान गरे भने महेन्द्र सिंह धोनीले २० रन बनाए ।

बंगलादेशका लागि महमुदुल्लाह र शब्बीर रहमानले आक्रामक ब्याटिङ गरेका थिए । महमुदुल्लाहले १३ बलमा ३३ रन बनाए भने शब्बीरले २९ बलमा ३२ रन बनाएका थिए ।

 

तपाईको प्रतिक्रिया