paudel-deuba

२४ फागुन,  काठमाडौं। नेपाली कांग्रेसको १३ औं महाधिवेशनको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनको मचगणना सुरु भएको छ । निर्वाचन समितिले चार समूह बनाएर मत गणना गर्ने तयारी गरिरहेको छ।

सोमबार २ बजेदेखि ६ः४५ सम्म राष्ट्रिय सभागृहमा भएको निर्वाचनमा कूल ३ हजार १ सय २० मात्र खसेको छ। आइतबार भएको निर्वाचनमा कूल ३ हजार १ सय ४८ मत खसेको थियो। त्यसमध्ये १०० मत बदर भएका थिए।

राष्ट्रिय सभागृहमा भर्खरै मतगणना सुरु भएको छ । चार ठाउँमा मतगणना भइरहेको त्यहाँ रहेका हाम्रा सहकर्मीले जानकारी दिएका छन् । निर्वाचन समितिका सदस्यले जानकारी दिए अनुसार तीन घण्टा भित्रमा नतिजा आइसक्नेछ ।सभापति पदका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भएको हो ।

तपाईको प्रतिक्रिया