२४ फागुन,  काठमाडौं। प्रहरी प्रधान कार्यालयले १० डिएसपीहरुको सरुवा गरेको छ । सोमबार प्रहरी प्रमुख रहेका केही पहाडी जिल्लाहरुमा एसपी प्रमुख हुने गरी सरुवा गरेको हो। ललितपुरका एसपी सुशिलकुमार यादवलाई इलाममा सरुवा गरिएको छ । त्यस्तै धादिङमा सरदकुमार खत्री, नुवाकोटमा देवबहादुर बोहराको सरुवा भएको छ ।
साथै प्रहरीले हालसालै डिएसपीबाट एसपीमा बढुवा भएका १७ जना एसपीको पनि पदस्थापन गरेको छ।

तपाईको प्रतिक्रिया