२५ फागुण, एजेन्सी। नेताहरुले आफ्ना अश्लील तस्वीरहरु सार्वजनिक हुँदा त लाज मानेर माफी माग्नुपर्ने हो । तर, एक जना महिला नेतृले भने आफ्ना निर्वस्त्र तस्वीरको आलोचना गर्नेहरुलाई शाब्दिक झापड हान्दै ती नांगा तस्वीरहरु कुनै लज्जाको विषय नभै ती सुन्दर कलाकारिता भएको र त्यस्तो कलाकारिताका लागि आफुलाई तारिफ गरिनुपर्ने बताएकी छिन् ।आइक्लाउड अकाउण्ट ह्याक भएसँगै आफ्ना केही निर्वस्त्र तथा केही कामूक तस्वीर ह्याकरले इन्टरनेटमा सार्वजनिक गरिदिएपछि युक्रेनकी युवा नेतृ ओल्गा ल्युलचाकलाई ठूलै आपत पर्ने ठानिएको थियो । युक्रेनमा ती नेतृका त्यस्ता नांगा तस्वीरको कडा आलोचना भएको थियो । तर, त्यसलाई हल्का रुपमा लिँदै ३० वर्षीया ओल्गा जो अक्टोबरमा हुने संसदीय चुनावमा समेत उठ्दैछिन् उनले ती तस्वीरलाई कलाको रुपमा लिनुपर्ने बताएकी हुन् । ‘विश्वले भान गोह, टाइटियान लगायतका महान कलाकारको कलाकारितालाई सम्मान गर्छ । उनीहरुले सिर्जना गर्ने नग्न सौन्दर्यको तारिफ गरिन्छ ।’ उनले अगाडि भनेकी छिन्, ‘अहिलेको युगमा निर्वस्त्र देखिने महिलालाई अश्लील तथा लाजमर्दो ठानिन्छ । तर मैले यो कुरा बुझ्न सक्दिन । म ठान्छु यस्तो निर्वस्त्रपना भनेको शुद्ध कला हो ।’
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बलाहामा खुल्यो सांगीतिक कला केन्द्र
इनरुवाको बलाहामा सांगीतिक कला केन्द्र खुलेको छ । बहुभाषिक, सांस्कृतिक राष्ट्रिय अभियान अन्र्तगत संचालनमा रहने गरी बलाहाम...
हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना पुष्टि
हाँस्यकलाकार मनोज गजुरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परिक्षणमा कोरोना पुष्टि भएको सामाजिक सञ्ज...
संविधान दिवसको अवसरमा पुरस्कार वितरण
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा आयोजित जितिया बिशेष साँस्कृतिक कार्यक्रममा प्रथम, द्धितिय र तृति...
एउटा यस्तो तरकारी जस्को मुल्य प्रतिकिलो १ लाख ३८ हजार
हाम्रो दैनिक जीवनमा प्रयोग हुने तरकारीको मूल्य जति नै महंगो भए पनि प्रतिकिलो १ हजार रुपैयाँ भन्दा तल नै छ । तर, संसारमा ...
हरिनगरमा जितिया बिशेष साँस्कृतिक कार्यक्रम
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा जितिया बिशेष साँस्कृतिक कार्यक्रम बिहिवार हुदैछ । मैथिली समुदायक...
दुनियाँकै पढन्ते व्यक्ति जसले ४२ वटा विश्वविद्यालयबाट प्राप्त गरे २० वटा डिग्री
विश्वविद्यालयको पढाइ पूरा गरेर डिग्री हालिस गर्नु वास्तवमा सबैका लागि सजिलो कुरा होइन, निकै मेहेनत गर्नुपर्दछ । एउटा कुन...