२६ फागुण ,इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी स्थित कडोरवना इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षकलाई घुुस लिँदा लिँदै पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी निरिक्षक प्र्रेम बहादुर थापा र उनका सहयोगी सादापोसाकका प्रहरी जवान असोक कुमार यादव रहेका छन् ।  दुर्घटनाको एउटा केश मिलाइ दिने भन्दै डेढ लाख घुस माग गरे पनि अहिले पचास हजार दिने सहमतीमा केश मिलाउने सम्झौता भएको सुचना आए पछि अख्तियार स्रोतले फागुन २२ गते देखि नै पिछा गरेको थियो ।

सार्वजनिक विदाको दिन बनाइ उक्त रकम लिने सहमती भएको सुचना पाए पछि अख्तियारले वुधवार दिउँसो इलाका प्रहरी कार्यलर्य कडरवनामा छापा मारि कार्यलयमै घुस लिएको भेटेको थियो । तर उक्त रकम प्रहरी निरीक्षक थापाले सहयोगी यादवलाई भान्सामा लुकाउन अह्रायाएको र सोहि अनुसार खानतलासी लिँदा किचनमै रकम भेटिएको अख्तियारले जनाएको छ । अख्तियारका पुर्वाञ्चल क्षेत्रिय प्रमुख डुल्लुराज बस्नेतका अनुसार पक्राउ परेका दुवै जनालाई अख्तियारको पुर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यलय इटहरी ल्याइँदैछ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया