condom2

२६ फागुन । कण्डम परिवार नियोजनको एक अस्थायी साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधन हो ।सामान्य कण्डमको मुल्य धेरै पर्ने भएकाले बर्तमान समयमा यसको प्रयोग बढ्दो क्रममा छ ।

विश्वभरी नै मूल्य कम भन्दा कम राखिन्छ, ता की गरीब भन्दा गरीब मानिसहरुले सजिलै किनेर प्रयोग गर्न सकुन तर २ सय वर्ष पूरानो एक कण्डम झण्डै ७० हजार (पाउण्ड ४६०) रुपैयाँमा बिकेको छ ।

१८ औँ, १९ औँ शताब्दीतिर यो कण्डम भेँडाको आन्द्राबाट बनाइएको थियो । फ्रान्समा फेला परेको यो कण्डम अनलाइन मार्फत लिलामीमा बिक्रि गरिएको हो । जसको लम्बाई १९ सेन्टिमिटर रहेको छ ।

क्याटविकी नामक साइटमा भएको यो दुर्लभ कण्डमको लिलामीमा धेरै मानिसले यसलाई खरीद गर्न रुची देखाएका थिए ।जसका कारण यसको मूल्य अनुमान गरिएभन्दा झण्डै दोब्बर बढि परेको हो ।

नेदरल्याण्डको एम्स्टर्डमका एक व्यक्तिले ७० हजारमा उक्त कण्डम किनेका थिए ।

अहिलेको रबरका कण्डाम निमार्ण हुनु भन्दा अघि बिभिन्न जनावरका आन्द्राबाट कण्डम बनाउने गरिन्थे । यस्ता प्रकारमा कण्डम निकै महंगा हुने भएकाले धनीहरुले मात्र कहिले काहि प्रयोग गर्ने गर्दथ्थे।

https://youtu.be/XssFoDYZ-2w

तपाईको प्रतिक्रिया