banana1

२७ फागुण। केरा निकै नै लोकप्रिय र उपयोगी फल हो । यसमा मिनरल्स र क्याल्सियमको भरपूर मात्रा पाईन्छ । यो स्वास्थ्यका लागि निकै फाइदाजनक पनि छ । तर, एउटा समस्या के भने यसलाई लामो समयसम्म ताजा राखिरहन गाह्रो पर्छ । पाकेको १-२ दिनमै खाइसकेन भने बिग्रिन थालिहाल्छ । अन्य फलफूलजस्तो फ्रिजमा हालेर राख्न पनि मिल्दैन । फ्रिजमा हालेको केरा खानयोग्य रहँदैन । केराको कोसामा रहने फेदको डण्डीबाट इथाईलिन निस्किन्छ । जसले आसपासमा रहने अन्य तरकारी तथा फलफूललाई बिगारिदिन्छ ।

Banana

केरा पाकेको केही दिनभित्रै खाइनसक्ने हो भने गल्न थाल्छ । गलेको केरा खान मिठो पनि हुँदैन । त्यसैले केरालाई केही दिनका लागि सुरक्षित राख्ने उपायको खोजीमा जो कोही पनि हुन्छन् ।

त्यसोभए कसरी राख्ने त केरालाई सुरक्षित ? उपाय सजिलो छ । तपाईं केरा केहि दिनका लागि नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने केराको फेदमा प्लास्टिकले टमक्क हुनेगरी बेर्नुहोस् ।

चित्र र भिडियोमा पनि देख्न सकिन्छ । यसरी लामो समयसम्म नै राख्न सकिन्छ भन्ने होइन, तर, तुलनात्मक रुपमा केही समय बढी ताजा राख्न यो उपाय प्रभावकारी हुन्छ । केरालाई लामो समय ताजा राख्ने यो नै एक सहज र प्रभावकारी उपाय हो ।

तपाईको प्रतिक्रिया