Inaruwa jhadap Ghaite 6
असोज २९ इनरुवा, अमर काफ्ले  /

आज साँझ सुनसरीको इनरुवा स्थित बसचौकमा प्रहरी र मधेशी मोर्चाका कार्यकर्तावीच झडप भएको छ ।
कालो झण्डा सहित निस्केको मोर्चाको मोटरसाइकल र्लालीले नगरको परिक्रमा गर्ने क्रममा प्रहरी सँग झडप भएको हो ।
जिविस रोडबाट निस्केको मोर्चाको मोटरसाइकल र्लाली नगरको विभिन्न भागको परिक्रमा पश्चात बसचौक पुगेपछि प्रहरीसँग झपड हुन पुगेको थियो ।
बसचौकमा सरकार विरोधी नाराबाजी गर्ने क्रममा ससस्त्र प्रहरीले आफुहरुमाथि लाठी चार्ज गरेको मोर्चाको आरोप छ ।
उता सुनसरी प्रहरीले भने आन्दोलनकारीहरुले को १ ज २१३९ नम्बरको म्याजिक भेन तोडफोडको प्रयास गरेपछि ससस्त्र प्रहरीले सामान्य बल प्रयोग गरेको जनाएको छ । प्रहरीको लाठी चार्जबाट मोर्चा कार्यकर्ताहरु राजेन्द्र यादव, गुरुदेव यादव, डा.सिएन पाठक, मनोज यादव गम्भिर घाइते भएका छन् । घाइतेहरु अधिकांशको टाउकोमा चोट लागेको छ । घाइतेहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भैरहेको छ ।
यसैवीच मोर्चा आवद्ध वृहत मधेश संघर्ष समिति सुनसरीले आफुहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको ठहर गर्दै भोलिबाट सदरमुकाममा आन्दोलन चर्काउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया