ncellफागुन २८, काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले विहिबार देखि आफ्ना एनसेल ग्राहकका लागी नयाँ योजना सुचारु गरेको छ ।

एनसेलले एनसेलको बहार, सबैलाई उपहार’ नामक नयाँ योजना बिहिबार बाट ९० दिनका लागी योजना ल्याएको हो । जस अन्र्तगत एनसेलका ग्राहकले ९० दिनसम्म दिनकै आकर्षक उपहार पाउन सक्नेछन् । यसमा एनसेलका सम्पूर्ण नयाँ तथा पुराना प्रिपेड तथा पोष्टपेड ग्राहकले भाग लिई सक्नेछन् ।

प्रत्येक दिन निश्चित डाटा प्याक, बोनस ब्यालेन्स, बोनस टक टाईम, रात्री टक टाईम, बोनस एसएमएस र एमएमएस लगायतका मध्येबाट कुनै एक उपहारस्वरुप प्राप्त गर्न सक्नेछन् ।

के के छन् आकर्षक उपहारमा ?
– ५० रुपैयाँ बोनस ब्यालेन्स,
– २५ रुपैयाँ बोनस ब्यालेन्स,
– १५ रुपैयाँ बोनस ब्यालेन्स,
– ९ एमबी डाटा,
– ६ एमबी डाटा,
– ५ मिनेट बोनस टक टाईम,
– १० बोनस एसएमएस र एमएमएस,
– १० रुपैयाँ रात्री टक टाईम बोनस,
– १० रुपैयाँ रात्री बोनस,
– ५ बोनस एसएमएस

नोटः यसरी प्राप्त हुने उपहार ग्राहकले त्यसै दिन अर्थात् रातको १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । रात्री १२ बजेपछि अघिल्लो दिनको उपहार स्वतः सकिनेछ र सोही उपहार ग्राहकले फेरि अर्को २४ घण्टाका लागि मान्य हुने गरी पाउनेछन् ।

योजना कसरी सुचारु गर्ने ?
एनसेलका ग्राहकले 17124 मा डायल गरी अथवा अंग्रेजीको पहिलो अक्षर ‘A’ टाईप गरी 17124 मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् ।

 

तपाईको प्रतिक्रिया