SUMMER-POOL-PARTY-FULBARI-RESORT-POKHARA-7

२८ फागुन, पोखरा । पोखरा र लेखनाथका रात्रीकालिन व्यवसायी आन्दोलित भएका छन् । कास्कीमा हालैमात्र सरुवा भएर आएका प्रहरी प्रमुख उपरिक्षक ९एसपी० घनश्याम अर्यालले पोखरा र लेखनाथमा राती १० बजे पछि दोहोरी साँझ, डान्सबार, गजल र लाइभ म्युजिक रेस्टुरेन्ट बन्द गर्न निर्देशन दिएपछि उनीहरु आन्दोलित भएका हुन् ।

सरुवा भएर आएलगत्तै रात्रीकालिन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीसँग भेट गरेर एसपी अर्यालले राती १० बजेपछि व्यवसाय बन्द गर्न निर्देशन दिएका थिए । अपराध हुने अखडा दोहोरी साँझ तथा रात्रीकालिन रेष्टुरेण्ट भएको प्रहरीको भनाई छ ।

एसपीको निर्देशन पछि सँधै राती अबेरसम्म चल्ने लेकसाईड, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिर्जनाचोक लगायतका क्षेत्रमा रहेका दोहोरी साँझ, डान्सबार तथा लाइभ म्यूजिक रेष्टुरेण्ट विहीबार साँझैदेखी ठप्प थिए । राती १० बजे अघिसम्म सञ्चालन गर्न पाइने भएपनि व्यवसायीले एसपीको निर्देशनको विरोधमा विहीबार व्यवसाय सञ्चालन नै गरेनन् ।

राती १० बजेसम्म मात्रै गर्न पाउने हो भने रात्रीकालिन व्यवसाय गर्नु र नगर्नु उस्तै हुने भएकाले आफूहरुले सम्पूर्ण सेवा नै बन्द गरेर विरोध जनाएको दोहोरी साँझ व्यवसायी समिति कास्कीका अध्यक्ष सिम गुरुङले बताए । एसपीको निर्देशनको विरोधमा पोखरा र लेखनाथमा सञ्चालित १५ वटा दोहोरी साँझ, १८ वटा डान्सबार, ३ वटा गजल रेस्टुरेन्ट र १० वटा लाइभ म्युजिक रेस्टुरेन्ट बन्द गरिएको उनले बताए ।

रिमझिम दोहोरी साँझका सञ्चालक तथा गायक पुरुषोत्तम न्यौपानले प्रहरीले गलत नियत राखेर व्यवसाय बन्द गराउन खोजेको आरोप लगाए । उनले भने, ‘सुरक्षाको कारण देखाउँदै व्यवसाय बन्द गराउन मिल्दैन बरु दोहोरी तथा डान्सबार लगायका कुनैपनि व्यवसायले अपराधलाई प्रश्रय दिएको भए त्यसको छानविन गर्नुस् ।’

एसपीको निर्देशन पछि रात्रीकालिन व्यवसाय संकटमा परेको भन्दै निर्देशन फिर्ता लिएर सहज रुपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

कास्कीमा नायिका नेहा पुनसहित ३ युवतीको हत्या भएपछि सुरक्षा चुनौति बढेको छ । यसलाई मध्यनजर गर्दै प्रहरीले रात्रीकालिन व्यवसायमा कडाई गर्न खोजेको प्रहरी बताइन्छ । तर व्यवसायीले भने सुरक्षा बहानामा प्रहरीले आर्थिक बार्गेनिङ गरेको रुपमा बुझेको श्रोत बताउँछ ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया