hamro-patro-2

२८ फागुण,काठमाणडौं । लोकप्रिय मोबाइल एप्लिकेसन ‘हाम्रो पात्रो’ले समाचार पारखीका लागि ‘हाम्रो न्यूज एण्ड म्यागेजिन’ एप्लिकेसनको विकाश गरेको छ ।एन्ड्रोइड र आईओएस दुवै प्लेटर्फमममा उपलब्ध नयाँ एपमा बिभिन्न छापा पत्रिका र म्यागेजिनहरु इपेपर तथा पीडीएफ भर्सनमा पढ्न सकिन्छ ।

हाम्रो पात्रोको सफलताबाट उत्साहित भएर पाठकको माग बमोजिम नयाँ मोबाइल एप ल्याइएको हाम्रो पात्रोका प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले जानकारी दिए ।

हाल यो एपमा अन्नपूर्ण पोष्ट, राजधानी दैनिक, आर्थिक अभियान दैनिक, नेपालीपत्र र हिमालखवर साप्ताहिक तथा अन्य म्यागेजिनहरु पढ्न पाइन्छ ।यो एप्लिकेसन न्यून गतिको इन्टरनेटमा पनि सजिलै चलाउन सकिने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया