12167676_956075134440414_1506882001_n

३० असोज इनरुवा/अमर काफ्ले/  ससस्त्र प्रहरीको कुटाईबाट इनरुवामा एक जना घाइते भएका छन् ।
विहान वैष्णो देवि प्रट्रोल पम्पमा तेलका लागि लाइन बसेका इनरुवा ६ का दिनेश मेहता ससस्त्र प्रहरीको कुटाईबाट घाइते भएका हुन् । टाउकोमा चोट लागेका उनको जिल्ला अस्पताल इनरुवामा उपचार भैरहेको छ ।
वृहत मधेश संर्घष समिति सुनसरीका सचिव सन्तोष मेहताका भाई दिनेश मोर्चा कार्यकर्ता भएकै कारण प्रहरीले रिसिवि साँध्न आक्रमण गरेको मोर्चाको आरोप छ । मोर्चाले प्रहरी आफुहरुमाथि जबरजस्ती जाइलाग्न थालेको आरोप लगाएको छ । यसैविच प्रहरीले इनरुवा ७ का ध्रवनारायण पण्डितलाई समेत विना कारण आज विहानै नियन्त्रणमा लिएको मोर्चाको दावी छ ।
उता सुनसरी प्रहरीले भने तेल सकिएर रोकी राखेको ट्रकमा ढुङगामुढा गर्नेहरुको खोजीका क्रममा पण्डितलाई पक्राउ गरेको जनाएको छ । मेहता पनि घटनामा संलग्न रहेकाले उनलाई ससस्त्रले पक्राउ गर्ने क्रममा भाग्न खोज्दा लडेर घाइते भएको प्रहरीको भनाई छ ।
हिजो साँझ मात्रै इनरुवा बसचौकमा मोर्चा कार्यकर्ताले म्याजिक तोडफोडको प्रयास गरेको भन्दै प्रहरीले बल प्रयोग गर्दा ६ जना मोर्चा कार्यकर्ता घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया