anand-prakash
२८ फागुण । सामाजिक संजाल फेसबुक ह्याक गर्ने भारत बेङलोरका एक जना सफ्टवेयर इन्जिनियरलाई फेसबुकले १५ हजार अमेरिकी डलर पुरस्कार दिएको छ ।फेसबुकले फेसबुक ह्याक गर्नेलाई सो पुरस्कार दिने घोषणा गरेको थियो। फेसबुक ह्याक गरे वापत बेङलोरका आनन्द प्रकाशलाई सो पुरस्कार प्रदान गरेको हो । उनले अहिलेसम्म साना र ठूला गरी धेरै साइटहरु ह्याक गरिसकेका छन्। वेबसाइट ह्याक गरेर उनले अहिलेसम्म १ करोड ४ लाखभन्दा बढी भारतीय रुपैयाँ कमाइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
उनले फेसबुकको लग इन सिस्टममा भएको कमजोरी पत्ता लगाएका थिए।  फेब्रुअरी २२ तारिखका दिन उनले फेसबुकको भएको कमजोरी पत्ता लगाएपछि फेसबुकले उनलाइ मार्च २ तारिखका दिन सो पुरस्कार दिने घोषणा गरेको हो । सेताेपाटी बाट ।

 

तपाईको प्रतिक्रिया