DSC08024

३० असोज इनरुवा/ यतिबेला मुलुक पेट्रोलियम पदार्थको चरम अभावसँग जुधिरहेको छ ।भारतको चार सातायता जारी अघोषित नाकाबन्दीका कारण डिजेल, पेट्रोलको हाहाकार भएको छ ।

चाडबाडलाई मध्यनजर गर्दै जसोतसो सुनसरी प्रशासनले स्थानीय पम्पहरुबाट सीमित मात्रामा पेट्रोल उपलब्ध गराउँदै आएको छ । सहज रुपमा पेट्रोल सर्वसाधारणले पाउन सकेका छैनन् । पेट्रोल वितरण हुने खवर पाउन साथ पम्पका सर्वसाधारणको लाइन लाग्छ । यद्यपी सर्वसाधारणले चाहिएजति तेल पाउन भने सकेको अवस्था छैन् । सर्वसाधारणले १,२ लिटर पेट्रोलका लागि घण्टौं लाइन बस्नु पर्ने बाध्यताकावीच केही व्यापारीहरुभने मौका छोपी कालोबजारीमा लिप्त भेटिएका छन् । रातारात केही पम्पहरुसँगको मिलेमतो र भारतीय बजारबाट लुकाई छिपाई ल्याएको पेट्रोल भण्डारण गरी बढी मूल्यमा कालोबजारी हुने गरेको फेला परेको छ । इनरुवा नगरपालिकाको कार्यालयको सरकारी भवनमा केही हप्ता देखी हजारौ लिटर डिजेल ड्रममा संचित गरि खुल्लेआम कालोबजारी हुँदै आएको स्थानीयहरुले बताएका छन् ।
केही कर्मचारीलेनै स्वयं डिजेलको कालोबजारी गरिरहेको उनिहरुको भनाई छ । प्रति लिटर १ सय ५० देखी २ सय रुपैयाँ सम्ममा डिजेल बिक्री भैरहेको डिजेल खरिदर्ता एक सवारीधनीले इनरुवा अनलाइनलाई जानकारी दिए । गोप्यरुपमा डिजेल कालोबजारी हुने गरेको अधिकांश जानकारहरुको भनाई छ । त्यसैगरी आसपासका अन्य केही स्थानहरुमा समेत पेट्रोल र डिजेल संचित गरी कालोबजारी गर्ने गरेको पाइएको छ । पम्पहरुबाट मिलेमतोमा व्यापारीहरुले खरिद गरेको पेट्रोल यतिवेला पम्पहरुकै छेउमा महँगो मूल्यमा विक्रि गर्ने गरेको देख्न सकिन्छ । यस विषयमा प्रशासनले कुनै चासो भने देखाएको छैन् ।

तपाईको प्रतिक्रिया