morch inaruwa gachadar2
इनरुवा फागुन ३०/ जिविस सुनसरीले आयोजन गर्न लागेको औपचारिक कार्यक्रममा सहभागि हुन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मंत्री बिजयकुमार गच्छदार इनरुवा आउने भएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरीले कार्यक्रम बहिस्कार गरेको छ ।
मोर्चाले आन्दोलनमै रहेको अवस्थामा माग पुरा गर्न वेवास्ता गर्दै सरकारका मंत्री औपचारिक कार्यक्रममा खुला रुपमा सहभागि हुने गरेकाले कार्यक्रम बहिस्कार गर्ने जनाएपछि इनरुवाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

morch inaruwa gachadar3

मोर्चाले विज्ञप्ती जारी गर्दै जिल्ला विकास समति सुनसरीले आयोजना गर्न लागेको आर्थिक वर्ष २०७३।७४को वार्षिक जिल्ला विकास योजना सार्वजनिकीकरण कार्यक्रम बहिस्कारको निर्णय गरेको हो ।
मोर्चाले कार्यक्रममा अवरोध पुर्याउन सक्ने भन्दै सुनसरी प्रशासनले कार्यक्रम स्थलका साथै बजार क्षेत्रमा बाक्लो सुरक्षा तैनाथी गरेको छ ।
कार्यक्रम स्थल प्रवेशमा समेत सुरक्षाकर्मीहरुले चेकजाँचलाई कडाई गरेका छन् ।

morch inaruwa gachadar4
उपप्रधान मंत्रीको कार्यक्रम भएकाले सुरक्षा सर्तकताका लागि सर्तकर्ता अपनाइएको सुनसरी प्रहरीले जनाएको छ ।
मार्चा सुनसरी आन्दोलन परिचालन समितिको कार्यालय र जिविसले आयोजना गर्न लागेको सार्वजनिकीकरण कार्यक्रम स्थल आमुने सामुने भएकाले समेत प्रहरीले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको हो ।

sarbjanik bajet gbsa karyakram

तपाईको प्रतिक्रिया