आगोमा जलेर एकजनाको मृत्यु
आगो ताप्ने क्रममा जलेर गुल्मीमा एकजनाको मृत्यु भएको छ ।धुर्कोट गाउँपालिका–७ वाग्लामा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी चिरञ्जीवि दाहालले जानकारी दिए ।
मंगलबार राति ११ बजेतिर आगो तापेर बसिरहेको बेला जलेर मृत्यु भएको उनका भाई टेकराजले प्रहरीलाई जानकारी गराएका थिए ।