चोरी गरेको तिलहरी बिक्रीमा विवाद हुँदा साथीको हत्या, दुई बालक पक्राउ
दैलेखमा ११ वर्षीय बालकको हत्या गरेको अभियोगमा दुई जना बालक पक्राउ परेका छन्। माघ २५ गतेदेखि घरबाट हराएका दुल्लु नगरपालिकाका ती बालकको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
बालक हराएपछि उनका परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए।बालक सम्पर्कविहीन हुनुअघि उनीसँग भएका साथीहरुलाई प्रहरीले सोधपुछ गरेपछि आफूहरुले हत्या गरेर...