trusted online casino malaysia
trusted online casino malaysia

मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प

मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ। मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ ।

कैलालीको अत्तरियामा दुई बालबालिका अलपत्र अवस्थामा

कैलालीको अत्तरियामा दुई बालबालिका अलपत्र अवस्थामा
धनगढी । कैलालीको अत्तरियामा दुई बालबालिका अलपत्र अवस्थामा भेटिएका छन् । अत्तरिया बसपार्क नजिकैको रौला केदार होटलमा बझाङको खप्तडछान्ना घर बताउने ६ वर्षीया बालिका र उनका चार वर्षीय भाइ अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले शनिबार साँझ उनीहरू दुवै बालबालिकाको होटलबाट उद्धार गरिएको जानकारी दिए । आमाको नाम सरिता ...

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको छ । सोमबार साँझ जिल्लाको टीकापुर नगरपालिका–१ को ब्लक नम्बर ७ मा सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा तनबिर अन्सारीका १८ महिने छोरा हरिशको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक टीकापुर नगरपालिका–२ बस्ने ४५ वर्षीय पर्शुराम चौधरीले स्थानीय अलीआस अन्सार...

पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने

पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज मुलुकका पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसैगरी, राति कोशी र गण्डकी प्रदेशका...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिदै
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले संसदीय दललाई निर्देशन दिएको छ । सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए । ‘अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता हो, यो गठबन्धन टुट्नु हुँदैन, त्यसैले विश्वासको मत दिनू भनेर केन्द्रबाट निर्देशन आएको छ,’ भट्टले भने । शनिबार बसेको माओवादी...

रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव
धनगढी । एउटै रुखमा झुन्डिएको अवस्थामा कैलालीमा महिला र पुरुषको शव भेटिएको छ । कैलारी गाउँपालिका–७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव एकै ठाउँमा झुन्डिएको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार बुधबार साँझ ५ बजे उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस...

कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु
दोधारा चाँदनी । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निकुञ्जलाई पर्यटकीय गन्तव्यका रुपमा वि...

कैदीहरुलाई सात दिने योग अभ्यासकाे प्रशिक्षण

कैदीहरुलाई सात दिने योग अभ्यासकाे प्रशिक्षण
डडेल्धुरा । डडेल्धुरा कारागार बन्दीगृहमा रहेका कैदीहरुलाई सात दिने योग अभ्यासकाे प्रशिक्षण गरिएको छ । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बन्दीगृहमा रहेका १ सय १० जना पुरुष र १५ जना महिलाहरुलाई याेग भ्यासकाे प्रशिक्षण गरिएको हाे । यहि फागुन ७ गतेदेखि १३ गतेसम्मका लागि शारीरिक योग अभ्यासको शिविर संचालन गरिएको कारागार कार्यालय डडेल्धुराले जनाएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराक...

प्रदेश सरकार ५ वर्षसम्म निरन्तर चल्ने

प्रदेश सरकार ५ वर्षसम्म निरन्तर  चल्ने
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकार ५ वर्षसम्म निरन्तर रूपमा चल्ने बताउनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । ५ वर्षसम्म निरन्तर रूपमा सरकार चल्ने भएकाले मध्यावधि निर्वाचन नहुने स्पष्ट पार्नु भएको हो । सबै राजनीतिक दलसँग सकारात्मक छलफल भइरहेको उहाँले बताउनुभयाे । उहाँले पूर...

सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली रहने

सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली रहने
काठमाडौं । हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने सुदूरपश्चिम प्रदेश साथै, प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार राती भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत प्रदेश नं. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतय...
trusted online casino malaysia