फाइल फोटो
फाइल फोटो

२४ कार्तिक काठमाडौं । 

प्रहरीले राज्यविरुद्धको अपराधको मुद्धामा जन्मकैदको सजायको माग गर्दै मुद्दा दायर भएको दुई दिनपछि नै विशेष अदालतले पक्राउ परेका खेलाडी र प्रशिक्षकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, सदस्यहरु भुपेन्द्रप्रसाद राई र महेश प्रसाद पुडासैनीको इजलासले ५०/५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

गत असोज २७ गते प्रहरीले म्याच फिक्सिङको आरोपमा राष्ट्रिय टोलीका कप्तान सागर थापा, सन्दिप राई, रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसीलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia