Nepal-U-19-Cricकाठमाडौँ, २८ कात्तिक । सङ्युक्त अरब इमिरेट्स (युएई)मा भइरहेको अभ्यास खेलमा नेपालले नेपालले ओमानसामु १८५ रनको लक्ष्य दिएको छ । पपुवा न्युगिनीविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली टोली आज निर्धारित ५० ओभरको खेलमा ४९.३ ओभरमा सवै विकेट गुमाएर १८४ रनमा समेटियो । नेपालले बनाएको मध्यम स्कोरका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको सन्तुलित ब्याटिङको योगदान रह्यो भने अन्य कुनै पनि नेपाली ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

युएइस्थित शेख जाहेद रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर नरेश बुढा एर ९ र सुवास खकुरेलले २ रन बनार पेबेलियन फर्किएपछि दबाबमा आएको नेपालका लागि उपकप्तान ज्ञानेन्द्रले ७१ तथा कप्तान पारसले ४९ रन बनाउँदै पारी सम्हाले ।

त्यस्तै शरद भेषवाकर ९, मेहबुब आलम, वसन्त रेग्मी र सागर पुन ७÷७, करण केसी ५, विक्रम सोब १ तथा शक्ति गौचन ० रनमा आउट भए । ओमानका बिलाल खानले ४ खवार अलीले ३ तथा मुनिस अन्सारीले २ विकेट लिए । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले यही सोमबार र बुधबार पपुवा न्युगिनीविरुद्ध खेल्दैछ । अहिले ओमानले ब्याटिङ सुरु गरेको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia