download (1)

मंसिर ४ गते/ ब्राजिलका पूर्व प्लेमेकर रोनाल्डिन्होले नेयमार विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । उनले नेयमारको फर्म मेस्सी र क्रिष्टियानो रोनाल्डोभन्दा राम्रो भएको संकेत गरेका हुन् ।बेलायती पत्रिका डेली मिररसँग कुरा गर्दै रोनाल्डिन्होले भने-नेयमार अहिले निकै राम्रो लयमा छन् । उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’नेयमार सानैदेखि नै प्रतिभावन भएको भन्दै रोनाल्डिन्होले उनको उदय आफ्ना लागि आश्चर्यको विषय नभएको समेत बताएका छन् ।

लिओनल मेस्सी घाइते भएर मैदान बाहिर रहेपछि बार्सिलोनाको फवार्ड लाइन नेयमार र लुइस स्वरेजले सम्हालेका छन् । नेयमार ला लिगाको लिडिङ गोलस्कोरर हुन् र पछिल्लो पटक उनले स्पेनिस ला लिगामा भिल्लारियलविरुद्धको खेलमा गरेको गोलको निकै प्रसंसा

Neymar1

भएको छ । नेयमार उत्कृष्ट खेलाडीको लेभलमा पुगिसकेको भन्दै रोनाल्डिन्होले उनी जुन सुकै लिगमा पनि सफल हुने बताए । उनले भने, उनी अझै ५/६ वर्ष त्यही स्थानमा बस्न सक्छन् ।नेयमार २०१३ मे मा ब्राजिलियन क्लब सान्तोसबाट स्पेनिस क्याटलान बार्सिलोना गएका थिए । इंग्ल्याण्डको क्लब म्यानचेष्टर युनाइटेडले उनलाई भित्राउन चाहेको छ र प्रस्ताव पनि गरेको थियो ।तर, बार्सिलोनासँग उनको सम्झौता २०१८ सम्म छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia