elephant-poloमङ्सिर ७ – नवलपरासीमा पहिलो पटक ३४औँ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता – २०१५ सुरु भएको छ । यो खेल नेपालमा मात्र हुने अन्तर्राष्ट्रियस्तरको खेल हो । सन् १९८२ देखि चितवनको मेघौलीमा सुरु भएको यो खेल पहिलो पटक नवलपरासीको पर्यटकीय गाउँ थारु होमस्टे नजिकै भएको हो । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीस्थित मध्यवर्ती सामुदायिक वनको चौरमा हात्तीसहित खेलाडीहरु आइतबार मैदानमा उत्रिएर खेलको शुभारम्भ गरेका थिए । तर औपचारिक प्रतिस्पर्धा सोमबारबाट हुँदैछ ।

तपाईको प्रतिक्रिया