मङ्सिर ११, काठमाडौं । नेपाली क्रिकेट खेललाई नयाँ उचाइमा पुर्याएका राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके आफ्नो प्रशिक्षण यात्रालाई पूर्णविराम लगाउँदै शनिबार नेपालबाट बिदा हुँदै छन् ।नेपालमा करीब चार वर्ष प्रशिक्षकका रुपमा बिताएका दासानायकेले नेपाली क्रिकेट खेलको स्तरोन्नति गर्दै नेपालबाट बिदा हुन लागेका हुन् । सन् २०११ सेप्टेम्बरमा नेपाल आएका दासानायकेकै नेतृत्वमा नेपालले डिभिजन चारबाट उक्लेर डिभिजन एकसम्मको यात्रा तय गर्न सफल भएको थियो ।त्यस्तै, उनकै नेतृत्वमा नेपाली टोलीले बङ्गलादेशमा भएको ट्वान्टी–ट्वान्टी विश्वकपसमेत खेल्ने अवसर प्राप्त गरेको थियो । नेपाललाई एक दिवसीय वरियता दिलाउने मूल लक्ष्य पूरा गर्न भने उनी चुकेका छन् ।प्रशिक्षक दासानायकेले नेपाली खेलाडी निकै मेहनती भएको भन्दै प्रशंसा गरेका छन् । साथै उनले नेपाललाई एक दिवसीय वरियता दिलाउन नसकेकामा दुःख पनि व्यक्त गरे । त्यतिबेला कप्तान पारसलगायतका केही महत्वपूर्ण खेलाडीहरु ‘फिट’ नभएका कारण पनि प्रतियोगितामा आफ्नो सोचाइअनुरुपको खेल प्रदर्शन गर्न नसकेको प्रशिक्षक दासानायकेको भनाइ छ । न्युजिल्यान्डमा भएको प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेपछि नेपालले उक्त अवसर गुमाएको थियो ।दासानायकेको करार अवधि डिसेम्बरसम्म रहेको भएपनि विभिन्न कारण देखाउँदै उनले केही समयअघि राजीनामा दिएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुढासुब्बा गोल्डकप : आयोजक धरान बाहिरियो : उपाधी नजिक पुग्याे मोरङ
धरान । मोरङ फुटबल एशोसियसन धरानमा जारी २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रबेश गरे...
साफ यू–१६ महिला फुटबल च्याम्पियनसिप : आज नेपाल र भुटानबीच भिडन्त
काठमाडौं । जारी साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज (सोमबार) नेपालले भुटानको सामना गर्दैछ । ललितपुरस्थित च्यास...
नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा
काठमाडाै । नामिबियासमेत सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनल यात...
साफ यू–१६ महिला फुटबल : आज नेपाल बंगलादेशसँग भिड्दै
काठमाडौं । नेपालले आज (शनिबार) साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दैछ । यो खेल ललितपुरस्थित ...
क्रिस्टियानो रोनाल्डोलाई फुटबल खेल्न प्रतिबन्ध, २० हजार साउदी रियाल जरिवाना
रियाद । क्रिस्टियानो रोनाल्डो निलम्बनमा परेका छन् । साउदी प्रो लिगको खेलमा अल नासरबाट खेल्दा कथित आपत्तिजनक इशारा गरेको ...
केराबारी २ सिंहदेवीमा प्रथम हिलेथाम नकआउट फूटबल प्रतियोगिता हुने
केराबारी । मोरंगको केराबारी २ सिंहदेवीमा अन्तरपालिका स्तरीय प्रथम हिलेथाम नकआउट फुटबल प्रतियोगिता २०८० संञ्चालन हुने भएक...