football१५ मंसिर काठमाडौ । सहारा क्लब पोखराको आयोजनामा हुने १४ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता–२०७२ आगामी माघमा हुने भएको छ ।पोखराको रङ्गशालामा हुने उक्त प्रतियोगिता माघ ५– १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ए डिभिजनमा रहेका क्लब, विदेशी टोली, पूर्वाञ्चल, पश्चिमाञ्चलका फुटबल क्लब र आयोजक गरी १२ टोलीको सहभागिता रहने आयोजक क्लबका महासचिव केशवराज बरालले बताए ।प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा युके, सहारा हङ्कङले सहयोग गर्नेछन् ।प्रतियोगिताबाट बचत हुने पैसा आयोजकले सहारा एकेडेमीमा खर्च गदैआएको छ । एकेडेमीमा तेसो ब्याचमा १६ जिल्लाका २६ प्रशिक्षार्थी आश्रित छन् ।उनीहरुलाई क्लबले निःशुल्क शिक्षा, स्वास्थ्यलगायत फुटबल खेलमा प्रशिक्षण दिँदै आइरहेको क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताए ।प्रतियोगितामा १३ औँ संस्करणको उपाधि भने थ्रिस्टार क्लबले हात पारेको थियो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia