volleyball१ पुस बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नयामिलमा जनसेवा युवा क्लवको आयोजनामा आज बुधवार सम्पन्न जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधि मणिमुकुन्द युवा क्लवले जितेको छ ।रुपन्देहीका १२ समुहको सहभागितामा ३ दिनसम्म भएको प्रतियोगितामा नव ज्योति युवा क्लव सिसौघारी द्धितिय र हिमचुलि युवा क्लव कोटीहवा तृतिय भएका छन ।

प्रतियोगिताका बिजयी प्रथम तथा द्धितिय समुहलाई समाजसेबि भीम शमशेर गुरुगं, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल र साइन रेसुगां डेभलपमेण्ट बैक योगिकुटीका प्रबन्धक अशोक पाण्डेले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका थिए ।त्यस्तै तृतिय समुहलाई गणेश भण्डारीको स्मृतिमा बिष्णु भण्डारीले पुरस्कार तथा प्रमाण पत्र बितरण गरे । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार द्धितियलाई १५ हजार र तृतियलाई ५ हजार रुपैया नगद पुरस्कार प्रदान गरीएको थियो । प्रतियोगिता समापन कार्यक्रम क्लवका अध्यक्ष प्रेम नारायण खरेलको अध्यक्षता, सचिव होम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia