nepal_bangaladesh२ पुष काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजीत भएको छ ।ढाकामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजीत भएको हो ।पहिलो रोजाईका अधिकांश खेलाडिलाई बेन्चमा राखेर नयाँ खेलाडीलाई मौका दिएको नेपालले खेलको १८ औ मिनेटमा नै गोल खान पुगेको थियो ।

नेपालको डिफेन्सलाई चिर्दै सखावत रोनीले गरेको गोल बंगलादेशलाई जित निकाल्न पर्याप्त भयो । यसअघि नेपालले अघिल्लो साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएको थियो ।दोस्रो हाफमा रोहित चन्द, जगजित श्रेष्ठ र बिमल घर्तिमगरले गोलका केही राम्रा अवसर सिर्जना गरेपनि सफल हुन सकेनन् ।साफ च्याम्पियनसिप फुटबल अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले आगामी बुधवार श्रीलंकासँग खेल्नेछ ।

 

तपाईको प्रतिक्रिया