tokyo-2020-olympic

५ पुष । जापानको टोकियो सहरले सन् २०२०मा आयोजना गर्ने तयारी गरिएको ओलम्पिक खेलकुदको तयारी खर्च ६ गुणा बढी पुग्ने अनुमान गरिएको छ । जापानको सार्वजनिका प्रसारण संस्था एनएचकेले २०२०को ओलम्पिक खर्च सुरुवातमा आकलन गरिएको भन्दा ६ गुणााले बढी
लाग्ने जनाएको हो । उसले ओलम्पिक आयोजनाका लागि ९.९८ विलियन पाउण्ड लाग्ने जनाएको हो ।

एनएचकेले राजमार्ग क्षेत्रमा लेन निर्माणका लागि अनपेक्षित बढी रकम खर्च हुने उल्लेख गरेको छ । साथै, विभिन्न संसचना निर्माणका लागि आवश्यक सामाग्री र कर्मचारी खर्चमा पनि बढी रकम लागने एनएचकेले जनाएको छ । अर्को बर्ष ब्राजिलको रियो दी जेनेरियो सहरले आयोजना गर्न लागेको ओलम्पिकको खर्च २.३८ विलियन युरो रहेको छ भने गत लन्डन ओलम्पिकको खर्च ८.७७ विलियन पाउण्ड रहेको थियो ।

यसअघि, आयोजना अधिकार दाबी गर्ने बेला टोकियोले तीन सय वियिन ऐन खर्च हुने अनुमान गरेको थियो । एनएचकेले आफूले गरेको अनुमान अनुसार २०२० ओलम्पिक आयोजक कमिटीलार्ई ५.५४ बिलियन पाउण्ड रकम अभाव हुने जनाएको छ । जापान सरकार र आयोजक कमिटी मिलेर २०२०को ओलम्पिक खर्च बेहोर्ने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia