saff footballपुष ९ काठमाडौँ। भारतमा जारी एघारौँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) फुटबलमा आज दुई खेल हुदैछ । समुह बी अन्तर्गत आजकाे खेलमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले बंगलादेशसंग तथा भुटानले माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछन् ।

दुवै खेल केरलास्थित त्रिवेन्द्रम अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । माल्दिभ्स र भुटानबिचकाे खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे हुनेछ । त्यस्तै , अफगानिस्तान र बंगलादेश बिचकाे खेल बेलुका पौने सात बजे  हुनेछ।  सेमिफाइनलकाे यात्रा तय गर्न दुबै टाेलीका लागी अाजकाे खेल महत्वपूर्ण हुनेछ ।

बुधबारदेखि सुरु भएको साफ च्याम्पियनसिपमा सार्कका आठ मध्ये सात देशको सहभागिता छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । श्रीलङ्काले नेपाललाइ १-० गोल अन्तरले हराएकाे हाे । मोहम्मद रिफ्नासले अन्तिम समयमा गरेकाे गाेल नै श्रीलङ्काकाे जितमा निर्णायक बन्याे । जितसँगै श्रीलङ्का सेमिफाईनलको नजिक पुगेको छ । नेपालले आईतबार आयोजक भारतसंग प्रतिस्पर्धा गर्नेछ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia