26012016120811indiaMMS_0815
माघ १२/ काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावास परिसरमा एक सार्वजनिक समारोह आयोजना गरी भारतको ६७औं गणतन्त्र दिवस मनाइएको छ । उक्त अवसरमा भारतीय राजदूत रणजीत रायले राष्ट्रिय झण्डा फहराइ भारतका राष्ट्रपतिले राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाएका थिए । उक्त सन्देशमा अन्य कुराहरुको अतिरिक्त शान्ति, स्थायित्व र छिमेकको विकासलाई जोड दिइएको छ ।
नेपालको विकासको यात्रामा भारत सरकारको सहयोगको प्रतिवद्धता सहित भारत सरकारले नेपालका विभिन्न जिल्लाका अस्पतालहरु, नाफा कमाउने उद्देश्य नभएका परोपकारी संस्थाहरु तथा शैक्षिक संस्थाहरुलाई नेपालमा स्वास्थ्य तथा शैक्षिक सेवा अभिवृद्धि गर्न ४० वटा एम्बुलेन्स र ८ वटा बस उपहार स्वरुप प्रदान गरेको छ ।

कार्यक्रममा नेपाललाई ३३ वटा एम्बुलेन्स र ६ वटा बसहरु उपहारस्वरुप प्रदान गरिएको छ । बाँकी ७ एम्बुलेन्स र २ बस वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतले वीरगञ्ज महावाणिज्यदूतावासको क्षेत्र अन्तर्गत पर्ने संस्थाहरुलाई उपहारस्वरुप प्रदान गरिएको छ । समारोहमा राजदूतले नेपालका दुर्गम भेग सहित विभिन्न स्थानमा रहेका ७५ वटा पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानहरुलाई पुस्तकहरु समेत उपहार स्वरुप प्रदान गरे ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia