काठमाडौं । चालु आर्थिक वर्ष (आव) को पहिलो ६ महिनामा आन्तरिक राजस्व लक्ष्यको ७८.८२ प्रतिशत मात्र संकलन भएको छ । यस वर्ष सुरुवातबाटै सरकारले आयातमा कडाइ गरेको थियो । जसले गर्दा आयात खुम्चिँदा त्यसबाट हुने आम्दानी प्रभावित बनेको थियो । सँगै आन्तरिक राजस्व समेत कम उठ्दा सरकार दबाबमा छ ।आन्तरिक राजस्व विभागका अनुसार चालु आवको पुस मसान्तसम्म सरकारले २ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । संकलन भने २ खर्ब २१ अर्ब ७५ करोड रुपैयाँ मात्र भएको छ । यो कुल लक्ष्यको ७८.८२ प्रतिशत हो । आन्तरिक राजस्व भित्र शिक्षा सेवा कर र स्वास्थ्य सेवा करले मात्र लक्ष्य भेटाएको छ । आयकर, घर बहाल कर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कले भने लक्ष्य भेटाउन सकेनन् । जसका कारण समग्र आय नै प्रभावित बन्न पुगेको छ ।आन्तरिक राजस्व विभागका अनुसार पुस महिनामा मात्र ७१ अर्ब १३ करोड रुपैयाँ आन्तरिक राजस्व उठेको छ । यो पुस महिनामा लिइएको लक्ष्यको तुलनामा मात्र ६६.४९ प्रतिशत मात्र प्राप्ति हो । यस महिनामा आयकरबाट मात्र ७८ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा प्राप्ति ५१ अर्ब रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ६५.४१ प्रतिशत मात्र हो । पुसमा ब्याज करले भने लक्ष्य भेटाएको छ ।यस महिनामा १ अर्ब ७४ करोडको ब्याज कर उठाउने लक्ष्य लिइएकोमा १ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ । पुसमा मूल्य अभिवृद्धि कर ७६.९० प्रतिशत मात्र उठेको छ । अन्तःशुल्क अझै कम उठेको छ । अन्तःशुल्क ५९.८० प्रतिशत मात्र उठेको छ । पुसमा सरकारले १३ अर्ब अन्तःशूल्क उठाउने भनेकोमा प्राप्ति ८ अर्ब ९ करोड रुपैयाँ मात्र भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गण्डकी प्रदेश र पूर्वी पहाडमा हिमपात हुने
काठमाडौँ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, म...
आज सुनको मुल्य सयले बढ्यो
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो ...
यस्तो छ हरियो तरकारी र फलफूलको मुल्य
काठमाडाै । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैय...
सिभिल बैंकका कर्मचारीले गरे आन्दोलन
काठमाडौं । हिमालयन बैंकसँगको मर्जरको क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरुले आन्दोलन ...
अदालतले दोषी ठहर गरेका १०४ जना फरार
डोटी । डोटी जिल्ला साविकको भूमिराजमाण्डौं पञ्चायतका गंगा बलायरले एक व्यक्तिलाई कर्तव्य गरि ज्यान मारेको भन्दै उनीविरुद्ध...
मुख्यमन्त्री रावलले आज विश्वासको मत लिंदै
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदे...