५ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।विशेष अदालतमा दायर मुद्दामा दुवे र सर्भेक्षक ठाकुरप्रसाद गुरौसमेत ४ जनाले सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।उनीहरुले रुपन्देही जिल्ला, साबिक सेमलार गा.वि.स. वडा नं. २(ग), कि.नं. ३५९४ कित्ताकाट गरी कि.नं. ४१९१ र ४१९२ कायम गर्दा कि.नं. ४१९१ लाई कि.नं. ३४३४ र कि.नं. ३५८८ को बीचमा घुसाई कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ११ बमोजिमको कसूर गरेको अख्तियारको दाबी छ ।रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने शक्तिप्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरुले फाइदा लिने उद्देश्यले कि.नं. ३४८३ को क्षेत्रफल घटाई दुबे र गुरौलाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको भन्दै उनीहरुलाई पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गण्डकी प्रदेश र पूर्वी पहाडमा हिमपात हुने
काठमाडौँ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, म...
अदालतले दोषी ठहर गरेका १०४ जना फरार
डोटी । डोटी जिल्ला साविकको भूमिराजमाण्डौं पञ्चायतका गंगा बलायरले एक व्यक्तिलाई कर्तव्य गरि ज्यान मारेको भन्दै उनीविरुद्ध...
मुख्यमन्त्री रावलले आज विश्वासको मत लिंदै
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदे...
बालकोट पुगे प्रचण्ड ओलीलाई भेट्न
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।ओलीको ब...
महानगरपालिकाको नगर प्रहरीले मैतीदेवी प्रहरी विटमा डोजर चलाए
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । मंगलबार मध्यान्ह पुगेको नग...
प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्...