trusted online casino malaysia
trusted online casino malaysia

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष गर्ने स्पोर्टस अवार्डको १९औं संस्करण आगामी फागुन २३ गते हुने भएको छ । वर्ष २०७८ मा नेपाली खेलकुदमा भएको प्रदर्शनका आधारमा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विगतका वर्षमा जस्तै यसवर्ष पनि स्पोर्टस अवार्डमा ८ प्रमुख विधा समावेश छन् । वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।त्यस्तै एसियन जर्नलिष्ट अवार्डको नाममा एकजना एशियाली खेलकुद पत्रकारलाई सम्मानित गरिनेछ ।वर्षको उत्कृष्ट पुरुष, महिला खेलाडी र प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् ।यस संस्करणदेखि वर्षका उत्कृष्ट युवा खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने एनएसजेएफले जनाएको छ ।अन्य विधाका विजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् ।

मुख्य प्रायोजक हंसराज हुलास चन्द एण्ड कम्पनी

एनएसजेएफले स्पोर्टस अवार्डको मुख्य प्रायोजकका रुपमा हंसराज हुलास चन्द एण्ड कम्पनीसँग सोमबार नै सम्झौता गरेको छ । यसपल्ट नगद र जिन्सी गरी ३५ लाख बराबरको प्रायोजन हुनेछ ।१३ वर्षदेखि स्पोर्टस अवार्डलाई मुख्य प्रायोजन गरिरहेको कम्पनीका निर्देशक अभिमन्यु गोल्छा र एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौतामा हस्ताक्षर गरे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia