काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।ओलीको बालकोटस्थित निवासमा जारी भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।
राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने भनेर अडानमा एमाले छ । तर गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरीसकेको छ । सभामुख र केही महत्वपूर्ण मन्त्रालय पाइसकेको नेकपा एमाले भने प्रधानमन्त्री प्रचण्डलाई फकाएर राष्ट्रपति पद पनि हात पार्ने रणनीतिमा छ । प्रचण्डले भने आफ्नो रोजाइको व्यक्तिलाई राष्ट्रपति बनाउन चाहेका छन् । यही रस्साकस्सीका कारण कतिपयले वर्तमान सत्ता गठबन्धन संकटमा पर्न सक्ने अनुमान गरेका छन् ।