सुर्खेत । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् ।श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए । `घरमा उहाँहरू दुईजना मात्रै बस्दै आउनुभएको रहेछ ।विवाद भएपछि श्रीमानले काठको गरालोले हान्दा घटना स्थलमै मृत्यु भएको पाइएको छ,´ डीएसपी लम्सालले भने । स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमति बीचमा विवाद हुँदै आएको थियो । सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए ।

गत मंसिरमा मात्रै उनिहरुको परिवारले विवाह गराई दिएका थिए । प्रहरीका अनुसार दुवैजना शारीरिका रुपमा अशक्त थिए । `श्रीमान् कान सुन्न नसक्ने र श्रीमती पनि शारीरिक रुपमा अशक्त रहेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भै रहेको छ,´ डीएसपी लम्सालले भने । कृष्णबहादुर सुन्न नसक्ने भएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ । शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको र केटीको परिवारले जाहेरी दिने तयारी गरेको डीएसपी लम्सालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia