कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकार ५ वर्षसम्म निरन्तर रूपमा चल्ने बताउनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । ५ वर्षसम्म निरन्तर रूपमा सरकार चल्ने भएकाले मध्यावधि निर्वाचन नहुने स्पष्ट पार्नु भएको हो । सबै राजनीतिक दलसँग सकारात्मक छलफल भइरहेको उहाँले बताउनुभयाे । उहाँले पूर्ण बहुमत कसैसँग नएता पनि सुदूरपश्चिम सरकार ५ वर्षसम्म निरन्तर रूपमा चलाउनुपर्छ भन्ने मान्यतामा रहेको बताउनुभयो । मुख्यमन्त्री शाहले सबै दलहरूसँग खुला छलफलको वातावरण निमार्ण गरेकाले प्रदेश सरकार ५ वर्ष निरन्तर चल्ने दावी गर्नुभयो । कसको नेतृत्वमा ५ वर्ष चल्छ भन्ने पत्रकारको प्रश्नमा उहाँले संविधानले नै आफूहरूलाई जिम्मेवारी दिएकाले सोही अनुसार अघि बढ्ने बताउनुभयो।

निर्वाचनबाट आफूहरू आएको धेरै नभएकाले अब निर्वाचनमा जाने कुरा बेकार भएकोले जनताको चाहाना विपरीत आफूहरू जान नहुने उहाँले बताउनुभयो । प्रदेशमा लगानी भित्र्याउन लगानीकर्तालाई सबै सुविधा उपलब्ध गराउने मुख्यमन्त्री शाहले बताउनुभयो । प्रदेशमा रोजगारी सिर्जना गर्न निजी क्षेत्रको लगानी भित्र्याउन पर्ने भएकाले लगानीकर्ताले प्रस्ताव गरेको सेवा सुविधा उपलब्ध गराउन सरकार तयार रहेको उहाँले बताउनुभयो । रोजगारी सिर्जना नभएसम्म विदेश जान रोक्न नसकिने उहाँले बताउनुभयाे । लगानी भित्र्याउन प्रदेश सरकारले लगानीकर्तालाई चाहिएको सेवा सुविधा दिने उहाँले बताउनुभयो । लगानी भित्र्याउन रोजगारी बढाउने प्रदेश सरकारको लक्ष्य रहेको मुख्यमन्त्री शाहले बताउनुभयो ।

गत पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । उहाँले ३० दिनभित्रमा विश्वासको मत नपाएपछि संविधानको धारा १६८ उपधारा ३ अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँले पनि अहिलेसम्म विश्वासको मत लिनुभएको छैन । तर उहाँले केही दिनभित्र विश्वासको मत पाउने दावी गर्नुभयो । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ जना सांसद आवश्यक पर्छ । कांग्रेसका १९ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ जना गरेर सत्तारुढ पक्षसँग अहिले २३ जना सांसद रहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia