नेपाली पंक रक ब्याण्ड झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । ३ वर्षदेखि नेपाली रक संगीत क्षेत्रमा सक्रिय झिल्के एण्ड दि कम्पनी’को भिडियोमा प्रनब केसीको निर्देशन र पीभीइ नेटवर्कको प्रवद्र्धन छ । गीतमा स्टिभ देवानको स्वर छ । व्याण्डमा ड्रम्समा दिप्सन केसी र बेस गितारमा विशाल हाङ राई पनि छन् ।

भिडियोमा प्रनब केसी र सुभेक्क्षा पौडेल फिचर्ड छन् । सङ्गम राईको छायांकन रहेको भिडियोमा रवी गुभाजुको सहायक छायांकन, गणेश सिंह ठकुरीको गाफर, शंकर दाहाल, गोरे लिम्बुको प्रकाश सहायक, सहयोग राज अधिकारीको प्रोडक्सन, प्रनभ केसीको सम्पादन, सन्जीव रत्न शाक्यको कलर, अनमोल थापाको ब्याकग्राउण्ड स्कोर र दिभेस मुल्मीको मिक्सिङ तथा मास्टरिङ छ । गीत ‘झिल्के फायर इपी’मा संग्रहित छ । गीतमा नौलो संगीत, सरल शब्द र मुखमा झुण्डिने लय राखिएको छ । ‘झिल्के एण्ड दि कम्पनी’का गीतहरु युट्युब, स्पोटीफाइ, एप्पल म्यूजिकजस्तै सबै स्ट्रिम प्लेटफर्ममा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia