२० माघ, रुपन्देही ।मोटरसाईकलमा आएका नचिनेका मानिसको समूहले रामापुर-१० शान्तिटोलका ३४ वर्षका खगिश्वर काफ्लेकोगोली हानेर हत्या गरेका हुन् ।इलाका प्रहरी कार्यालय सालझण्डी अनुसारमोटरसाइकलमा आएका व्यक्तिले काफ्लेलाई घरवाहिर बोलाएर गोली हानेको हो। छातीमा गोली लागेर घाइते भएका काफ्लेको उपचारको क्रममा मंगलबार राति लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको हो ।