morcha india
२० माघ काठमाडौं। पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी मोर्चाका नेताहरू भारतमा गएर लालुप्रसाद यादवको अगाडि लम्पसार पर्नु लज्जास्पद भएको बताएका छन् । मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार राजधानीमा आयोजना गरेको ‘संविधान कार्यान्वयन, राष्ट्र र पार्टीको निर्माण’ विषयक कार्यक्रममा खनालले भने, ‘मुक्तिका लागि भन्दै भारतमा गएर लालुका सामु लम्पसार पर्नु गलत र लज्जाको विषय हो ।’
उनले भारतले लगाएको नाकाबन्दी मानवीयताविरोधी, दुई देशबीचको सहमतिविपरीत भएको बताए । उनले भारतले आफूले नेपालमा नाकाबन्दी लगाएको भन्ने आँट नगरेको खानलले बताए ।
उनले एमालेभित्र विकृति र विसंगति बढेकोमा चिन्ता गर्दै गुटबन्दीले त्यसलाई मलजल गरेको आरोप लगाए । नेता खनालले संविधानसभाको दोस्रो निर्वाचनमा उपत्यकामा आपसी खुट्टा तानातान र गुटबन्दीले चुनाव हारेको दाबी गरे । अर्का पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा जातजातिका कुरा गर्ने र त्यस जातिको टाठाबाठाले नै उनीहरूलाई शोषण गर्ने गरेको बताए ।
उनले नेपालको संविधान दुनियाँसँग तुलना गरेर हेर्दा केही कुरामा पनि कमी नभएको बताए । नेपालले मधेसी मोर्चाले अगाडि सारेको माग समेत औचित्यपूर्ण नरहेको नेता नेपालको भनाइ थियो ।
उनले एमालेभित्र भ्रष्टाचार बढेको र त्यसलाई गुटबन्दीले प्रोत्साहन दिने गरेको दाबी गरे ।अन्नपुर्ण पोष्टबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia