काठमाडौँ । दाइजो नल्याएको भन्दै बुहारीलाई शारीरिक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् । महोत्तरीको औरही नगरपालिका बस्ने उनकी बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् ।

२० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान् पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको भन्दै उनी विरुद्ध नेहा चौधरीले मुद्दा हालेकी थिइन् । त्यस लगत्तै श्रीमान् पंकजलाई भने अदालतको आदेश बमोजिम प्रहरीले पक्राउ गरी पुर्पक्षको लागि जेल चलान गरिसकेको छ । तर पंकजका बुबा राम प्रवेश फरार भएका थिए । मनरासिस्वा नगरपालिकाको कट्टी गाउँस्थित दशगजा नजिकै लुकिछिपी बसिरहेको वेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia