धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको छ । सोमबार साँझ जिल्लाको टीकापुर नगरपालिका–१ को ब्लक नम्बर ७ मा सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा तनबिर अन्सारीका १८ महिने छोरा हरिशको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक टीकापुर नगरपालिका–२ बस्ने ४५ वर्षीय पर्शुराम चौधरीले स्थानीय अलीआस अन्सारीको घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो । चालक र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कृष्णभिरमा मृत्त भेटिएका कलाकार ढकालको हत्या आरोपमा चार जना पक्राउ
काठमाडौं । धादिङको बेनिघाट रोराङ–७ कृष्णभिरमा मृत भेटिएका कलाकार तथा पत्रकार प्रकाश ढकालको हत्या आरोपमा प्रहरीले चार जना...
‘पञ्चकुुण्ड’ : जमेर बरफ बन्यो ताल, पर्यटकको लाग्यो लर्को
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ ...
रुसी सेनामा नेपाली युवा पठाउने गिरोहका १२ जना पक्राउ
काठमाडौँ । नेपाली युवालाई अवैध रुपमा रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १४ गतेयता काठम...
नैतिक शिक्षा पढाउने शिक्षकले नैतिकता बिर्सिएपछि …..
नवलपरासी पश्चिम । पश्चिम नवलपरासी सरावल गाउँपालिकास्थित एक विद्यालयका सहायक प्रधानाध्यापकले नौं वर्षीया छात्रालाई घरमै ग...
सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा चुरे दोहन : वन फँडानी नरोकिए आन्दोलनको चेतावनी
सिरहा । चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फँडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांगे्रस सि...
जंगी अड्डाबाट प्रधानसेनापतिको चेतावनी : संस्थाबाहिर गएर कसैले चलखेल नगर्नू
काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरू सम्बन्धित निकायबाट...