गोरखा । गोरखामा सोमबार दिउँसो भएको ट्रक दुर्घटनामा दुई जनाको निधन भएको छ । गोरखा नगरपालिका–६ बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक सोमबार दुर्घटना हुँदा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा गोरखाको आरुघाट गाउँपालिका घर भएका ट्रकका चालक उमेश श्रेष्ठ र दोलखाको सैलुङ गाउँपालिका–७ घर भइ राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत ३२ वर्षका विष्णु खड्काको ज्यान गएको डिएसपी लामिछानेले बताए । गम्भीर घाइते दुई जनाको भरतपुर मेडिकल कलेज तथा अन्य घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia