Avitab-bachhan

धादिङवेशी २१ माघ ।  फोनमा अमिताभ बच्चनको क्यारिकेचर गरेर ठगी गर्ने भारतीय गिरोहका एक ब्यक्तिलाई जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरेको छ ।

ठगी भएको ९० हजार नगदसहित धादिङको लापा गाउँ विकास समिति वडा नं १ का भिर्पा तामाङलाइ जिल्ला प्रहरी कार्यलय धादिङको टोलीले धादिङवेशीबाट पक्राउ गरेको हो ।

यसरी गरियो ठगी : रसुवा धुन्चेका सोनाम लामा(नाम परिवर्तन) ब्यक्तिलाई भारतीय नम्वरबाट फोन आयो र भनियो ‘हामी भारतीय रियालिटी सो कौन बनेका करोडपति बाट हौँ, तपाइलाई २ करोडको चिठ्ठा परेको छ । तपाई अभिताभ बच्चनसंग कुरा गर्नुस’ भनेर नक्कली अमिताभ बच्चन संग कुरा गराइयो र अमिताभ बच्चनको स्वरमा भनियो ‘तपाईं निकै भाग्यमानी हुनुहुन्छ, तपाइलाइ २ करोडको चिठ्ठा परेको छ ।’

चिठ्ठा परेको उक्त रकम पाउनको लागि आवश्यक कागजात मिलाउन र रजिष्ट्रसन खर्च माग गरियो । रकम पठाउनको लागि आईएमईबाट नेपालमा रहेको आफ्नो एजेन्टको नाममा रकम पठाउन भनियो ।

भारतीय च्यानलमा कौन बनेका करोडपति हेर्ने गरेका रसुवाका सोनामले झट्ट पत्याए र ५० हजार उनको एजेन्टको नाममा आइएमइ गरेर पठाइदिए । धुन्चेकै अर्का एक जना प्रहरीको सम्पर्कमा नआएका ब्यक्तिले पनि पनि ४० हजार रकम पठाइदिए त्यसपछि कुनै खबर आएन ।

त्यसपछि धादिङमा रहेका भिर्पा तामाङ्गलाई भारतबाट फोन आयो र भनियो ‘तपाइको नाममा दुबईबाट आइएमइ गरेर पैसा आउदैछ । रकम बुझेर १० प्रतिशत कमिसन आफु राखेर वाँकी रकम हामीलाइ पठाइदिनु ।’ भिर्पा तामाङले उक्त रकम आइएमई धादिङ शाखावाट बुझे र आफ्नो कोठामा गए ।

रकम पठाएपछि पनि रसुवाका सोनामले कुनै खबर नपाएपछि भारतीय नम्बरमा यतैबाट फोन गरे । फोनमा रजिष्ट्रेशन खर्च नपुगेको र आवश्यक कागजात मिलाउनको लागि थप १ लाख २५ हजार माग गरेपछि सोनामले ब्यक्ति आफु ठगिएको महशुस गर्दे प्रहरीको सम्पर्कमा आए ।

रसुवा प्रहरीले धादिङमा रहेका उनीहरुको एजेन्ट भिर्पा तामाङलाइ रकम पठाएको नक्कली आइएमी कोड पठाएर तत्काल धादिङको आइ एम इ शाखामा पैसा झिक्न जान अनुरोध गरे । यता धादिङ प्रहरीले आइएमइमा रकम लिन आउने संदिग्ध ब्यक्तिलाइ सोही आइएमइ कोडका आधारमा पक्राउ गरेपछि ठगी गर्ने गिरोहको बारेमा र ठगीको तरिका बारे पत्ता लागको हो ।

जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी नायव उपरीक्षक सविन प्रधानले भने ‘भारतवाट फोन गरेर भिर्पा तामाङलाइ रसुवाबाट ठगी भएको रकम बुझ्न आइएमइ कोठ पठाएको आधारण हामीले भिर्पा तामाङलाइ नियन्त्रणमा लिएका हौँ ।

उनको साथबाट ठगिएको ९० हजार रुपैया पनि फेला परेको छ । विर्पा तामाङ रकम बुझ्ने माध्ययम मात्रै बनेका हुन कि उनको पनि ठगी गर्ने गिरोहका सदस्य हुन भनेर अनुसन्धान भइरहेको छ ।’

भिर्पा तामाङले भने आफुलाइ फोनमा आइएमईमा गएर रकम बुझ्न भनेर फोन आएको र सोही आधारमा रकम लिएको बताएका छन । प्रहरीको नियन्त्रणमा रहेका उनले अन्नपूर्णसँग कुरा गर्दे भने, ‘भारतमा रहेको सुप्पा तामाङले मलाई दुबईबाट तेरो नाउँमा पैसा आउदैछ झिकेर राख्नु भनेकोले पैसा झिकेको हुँ ।’

भारतीय गिरोहले थुपै नेपाली नम्वरहरुमा फोन गरेर ५० लाखदेखि २ करोडसम्म चिठ्ठा परेको भनेर ठगी गर्ने गरेकाले कसैले फोनमा चिठ्ठा परेको भनेर फोन गरे तुरुन्त प्रहरीको सम्पर्कमा जान आग्रह गरेको छ ।

प्रहरी प्रमुख प्रधानले भने, ‘भारतीय दलालहरुका ठुलै गिरोह यसमा परिचालित भएका हुनसक्छन, हामीले अनुसान्धन थालिसकेका छौ । त्यसैले जोकोहीलाई पनि चिठ्ठा परेको भनेर फोन आउन सक्छ । त्यस्ता फोन आउने वित्तिकै तत्काल प्रहरीको सम्पर्कमा जान सर्वसाधारणहरुलाइ हाम्रो अनुरोध छ ।’  अन्नपूर्ण पाेष्टबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia